बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल #नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल
राजनीति

रास्वपा लक्षित पोखरेलको टिप्पणी : सरकारमा सहभागी गराउन्जेलसम्म एमाले अध्यक्षकै घरमा उठबस हुन्थ्यो

सरकारमा नलगेपछि एमालेमाथि प्रहार सुरु भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
रास्वपा लक्षित पोखरेलको टिप्पणी : सरकारमा सहभागी गराउन्जेलसम्म एमाले अध्यक्षकै घरमा उठबस हुन्थ्यो
काठमाडौं, असार २९ :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग बनेको सरकारमा आफूलाई सहभागी नगराउने भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेमाथि प्रहार गर्न सुरु गरेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रीय विभागहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा मुल धारका राजनीतिक दलहरुको विकल्पको रुपमा आउन खोजेकाहरुले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाए ।

निराशाको विकल्पका रुपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा नेपालको राजनीतिमा पपुलिजमलाई प्रवर्द्धन गर्ने काम गरेको बताए। नयाँको परीक्षण छिटो हुन दिनुपर्छ भनेर नै नेकपा एमालेले उनीहरुले मागेको मन्त्रालय पहल गरेर दिएको बताए । त्यो बेलासम्म रास्वपाका नेताहरुको भरोसाको केन्द्र नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको र उनीहरुको उठबस नै एमाले अध्यक्षको घर रहेको जिकिर गरे । कांग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुगेसँगै रास्वपाबाट प्रहार सुरु भएको बताए ।

महासचिव पोखरेलले भने, ‘नेपालको राजनीतिमा मुल धारका राजनीतिक दलहरुको विकल्पको रुपमा आउन खोजेकाहरुले एक प्रकारले जनतामा सोसल मिडियाका माध्यमबाट निराशा सिर्जना गर्ने, त्यो निराशाको विकल्पका रुपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा उनीहरुले नेपालको राजनीतिमा पपुलिजमलाई प्रवद्र्धन गर्ने काम गरे । त्यसलाई पार्टीका रुपमा संगठित गर्ने काम गरे । उनीहरुलाई परीक्षण हुन दिनुपर्छ भन्ने मान्यताका आधारमा सत्ताको साझेदार बनाउने नीति लियौँ । जे माग्छन्, त्यसका लागि पैरवी गरिदियौँ । गृहमन्त्रालय, शिक्षामन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य राज्यमन्त्री बनाएर कामको जिम्मा दियौँ । पपुलिस्टलाई कामद्वारा देखाउनुपर्छ भन्ने मान्यताका लागि ठाउँ दियौँ । त्यतिन्जेलसम्म अहिलेका रास्वपाका नेताहरुको भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्षको घर थियो । बस उठ त्यहीँ हुने गर्दथ्यो । काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि रास्वपाको प्रहार सुरु भयो ।’


महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको  बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार