बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार बागमती प्रदेश

रसुवा बाढी अपडेट : मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
रसुवा बाढी अपडेट : मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
काठमाडौं, असार २७ :

माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् ।

यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको घिमिरेले जनाए । अहिलेसम्म एक जनाको शवको मात्र परिचय खुलेको छ । अन्य शवको परिचय खुल्न बाँकी छ । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अंग मात्र फेला पारिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका एकजना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । शवलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

बाढीमा परेकाको उद्धारका लागि १३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा इलेक्ट्रिक गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।

यहाँ माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमताल विस्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार