मकवानपुर, भदौ २७ :
मकवानपुरमा खहरेले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङको वर्ष १४ की रितिका भनिने रन्जिता गुरुङको खहरेले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्कुलबाट घर फर्किदै गर्दा घर नजिकैको मोरङ्गे खहरेले बगाएको हो । उनको शव अन्दाजी २ मिटर पर जनसेवा क्रसर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
खहरेले बगाएको अर्का छात्रको सकुशल उद्धार गरिएको छ ।१७ वर्षीय इशान गुरुङलाई सकुशल उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’