शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

‘अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
‘अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ’
काठमाडौं, असार २५ :

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन् ।

संघीय संसद्‌को अर्थ समितिमा उनले विगतमा ‘हर्ड मेन्टालिटी’ मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले भने । साना कर्जाका ग्राहक झन्झटमा, ठुला कर्जाका लागि प्राथमिकता
डा. महतले बैंकहरूले साना कर्जा लिनेहरूलाई झन्झटमा पारिरहेको र ठुला कर्जालाई प्राथमिकता दिएकोप्रति आपत्ति जनाए । ‘यो मानसिकता उल्ट्याउनुपर्छ,’ उनले भने ।

कृषि विकास बैंकको उद्देश्य नै अहिले बिग्रिएको उनले बताए । ‘हामीले कृषि प्रवर्द्धनका लागि स्थापना गरेका बैंक अहिले हाइड्रोपावरमा पैसा लगाइरहेका छन्,’ उनले आलोचना गरे ।

‘उपेक्षित कृषि क्षेत्रमा युवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ’
उनका अनुसार कृषि क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतभन्दा तल झरेको छ र त्यो पनि वास्तविक कृषि उत्पादनमा प्रयोग भएको छैन । वैदेशिक अनुभव लिएर फर्किएका युवाहरू, प्रविधि प्रयोग गर्ने किसानहरूलाई प्राथमिकता दिने मौद्रिक र वित्तीय नीति ल्याउनुपर्ने उनको तर्क थियो ।

बैंक र व्यवसायीबीच हितसंघर्ष, पारदर्शिता जरुरी
‘बैंकहरू र व्यवसायीहरूबीच हितसंघर्ष देखिएको छ,’ महतले भने, ‘लगानीकर्ता आफैं व्यवसायी छन्, यस्तो अवस्थामा पारदर्शिता र नियमनमा सन्तुलन जरुरी छ ।’

उनले राष्ट्र बैंकले कुनै व्यक्तिलाई पूरै कर्जा तिर्न निर्देशन दिएकोप्रति आपत्ति जनाए । उनले भने, ‘बैंकलाई कुनै समस्या छैन भने राष्ट्र बैंकले यस्तो निर्देशन दिनु अस्वाभाविक हो ।’

‘रियल स्टेटमा असन्तुलित लगानी, यथार्थ स्वीकारौं’
‘रियल स्टेट क्षेत्रमा अनावश्यक लगानी हुँदा मूल्य घट्नु स्वाभाविक हो,’ महतले भने, ‘तर लगानीकर्ताहरू घाटा मान्न तयार छैनन् । नीति बनाउँदा यथार्थ स्वीकार्न सक्नुपर्छ ।’

उनले बजेटको साइजभन्दा कुशल कार्यान्वयन महत्त्वपूर्ण भएको उल्लेख गरे । ‘५ प्रतिशत ऋण सीमा १० प्रतिशत बनाउने भनिँदै छ, तर रकम कुशलतापूर्वक खर्च नभए संकट झन बढ्छ,’ महतले भने ।

सामाजिक क्षेत्रमा अनुत्पादक खर्च, उत्पादनमुखी क्षेत्रमा मोड्न सुझाव
उनका अनुसार सामाजिक क्षेत्रमा गरिने अत्यधिक खर्च प्रतिफलमुखी छैन । ‘कागज बनाउनेलाई बढी दिइन्छ, तर किसान, उत्पादक वर्ग उपेक्षित छन्,’ उनले भने ।

उनले सेयर बजारको नियमन कमजोर रहेको र कमजोर कम्पनीका सेयर मूल्य बढिरहेकोप्रति चिन्ता व्यक्त गरे । ‘अब उत्पादन क्षेत्रमा काम गर्ने, वास्तविक लगानीकर्तालाई सहुलियत दिने नीति आवश्यक छ,’ महतले स्पष्ट पारे ।

स्वदेशी उत्पादन प्रवर्द्धनमा कस्टम ड्युटीमार्फत सहयोग गर्न सकिने उनको सुझाव छ । उनले भने, ‘कृषि र म्यानुफ्याक्चरिङमा स्वदेशी उत्पादन बढाउने ठाउँमा कस्टम ड्युटी बढाउनु आवश्यक छ,’ उनले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार