बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने
काठमाण्डौँ , भदौ २६ :

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिनुभएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।  

आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता भन्दै  नेपालमा लगानी फराकिलो पार्न आफू  प्रतिबद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार