बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

नेप्से कारोबारमा निरन्तर गिरावट

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
नेप्से कारोबारमा निरन्तर गिरावट
काठमाण्डौँ , भदौ २६ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । 

आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।

आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ । 

आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ एक दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अङ्कले घटेको छ ।

आज व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ११, विकास बैङ्क शून्य दशमलव ६९, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५३ र जीवन बीमा समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ९१, निर्जीवन बीमा शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ को शेयर मूल्य आठ दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर २९ करोड ८१ लाख ५४ हजार बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार