बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुग्यो,१५ जना बालबालिका,खोजी कार्य तीब्र

· आइतबार, २२ असार, २०८२ मा प्रकाशित
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या  ५१ पुग्यो,१५ जना बालबालिका,खोजी कार्य तीब्र
काठमाडौं, असार २२ :

टेक्सासमा  बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा १५ जना बालबालिका रहेका छन्।  हराइरहेका व्यक्तिहरूको खोजी गर्न सयौं उद्धारकर्मी परिचालित गरिएको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्र केर काउन्टी हो  जहाँ ४३ जनाको मृत्यु भएको छ ।  हालसम्म करिब ८५० जनालाई उद्धार गरिएको छ। ग्वाडालूपे नदी किनारमा रहेको एक इसाई बाल युवा शिविरबाट २७ बालबालिका अझै हराइरहेका समाचारमा उल्लेख छ ।

हरा२रहेका सबै फेला नपरेसम्म उद्धारको काम जारी रहने केर काउन्टीका शेरिफ ल्यारी लिथाले प्रतिज्ञा गरेका छन् । राज्यका अन्य भागहरू  ट्राभिस काउन्टी र टम ग्रीन काउन्टीमा पनि मानिसहरूको मृत्यु पुष्टि गरिएको छ।

टेक्सासको केन्द्रीय क्षेत्रमा यो हप्ताभर  धेरै स्थानहरूमा अचानक बाढीको चेतावनी जारी गरिएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार