शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

केरुङ नाकातर्फ लोभिँदै व्यवसायी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० असार, २०८२ मा प्रकाशित
केरुङ नाकातर्फ लोभिँदै व्यवसायी
रसुवा, असार २० :

काठमाडौंबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परेको छ ।

रसुवाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार-व्यसाय गर्न पाउने सुविधा भएसँगै बाहिर जिल्लाका बासिन्दाको समेत बसाइँसराइका आधारमा सो परिचयपत्र लिन दौडधुप गरेको देखिन्छ ।

उक्त परिचयपत्रवाहकले व्यावसायिक कामकाजका सन्दर्भमा उक्त नाका हुँदै केरुङ आउजाउ गर्न पाउने व्यवस्था छ । अध्यागमन कार्यालय रसुवागढीले चालु आर्थिक वर्षमा २४२ रसुवावासीलाई सीमा परिचयपत्र प्रदान गरेको छ ।

रसुवागढी अध्यागमन कार्यालय घट्टेखोलाका वरिष्ठ अध्यागमन सहायक मेघराज शर्माका अनुसार कति रसुवावासीसँग यस किसिमको पास भएको भन्ने यकिन तथ्यांक नभए पनि अहिलेसम्म करिब ३० हजार रसुवावासीले सीमा परिचयपत्र लिएको अनुमान छ ।

अन्यत्रबाट रसुवामा बसाइँ सरेपछि प्राप्त गर्न सकिने सीमा परिचयपत्र लिई केरुङमा व्यापार-व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भइरहेको अध्यागमन सहायक शर्माले जानकारी दिए । अध्यागमन कार्यालयका अनुसार एकपटक पास लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ ।

जिल्लास्थित राजनीतिक पार्टीका नेता तथा नागरिक समाजका अगुवाले सीमा परिचयपत्र वाहकले केरुङमा घर भाडामा लिन र ढुक्कसँग व्यापार-व्यवसाय गर्न पाउने भएपछि बसाइँसराइ आउनेको सङ्ख्या वृद्धि भएकाले यसबाट भविष्यमा अनेकौँ समस्या सिर्जना हुनेसक्नेतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समय बसाइँसराइको संख्या बढेपछि जग्गाधनी प्रमाणपुर्जा, घर निर्माणसहित विद्युत् महसुल तिरेको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिससमेत आवश्यक हुने प्रावधान राखेसँगै बाहिर जिल्लाबाट यहाँ आउनेको सङ्ख्या कमी हुने अपेक्षा गरिएको छ ।

यसै सन्दर्भमा माइती नेपाल रसुवागढी शाखाकी सीमा इन्चार्ज बिरू तामाङले रोजगारीका लागि रसुवागढीनाकाबाट ५०० नेपाली महिला केरुङ गएको जनाइन् । रोजगारीका लागि केरुङ गएका ती महिलामध्ये २०/२५ जनाले आफ्नै लगानीमा पसल सञ्चालन गरेका र बाँकीले होटेल, पसल तथा तिब्बतीहरुको घरमा रोजगारी गरिरहेको इन्चार्ज तामाङले जानकारी दिइन् ।

केरुङ आवतजावत गर्ने व्यवसायीले दिएको जानकारीअनुसार नेपालीले केरुङमा करिब २० वटा होटेल तथा लज खोलेका छन् । यसरी केरुङमा होटेल खुलेपछि आफ्नोपन महसुस गरी सुपथ मूल्यमा दालभात खान र सुत्न नेपालीलाई सहज भएको छ ।

यसैगरी खुद्रा पसलबाहेक १५/२० जनाले सिलाइबुनाइ गर्ने, करिब १५ जनाले सुनका गरगहना बनाउने र अन्य व्यक्ति मजदुर पेसामा रमाइरहको बताइएको छ ।

यस वर्ष रसुवागढी नाकाबाट मानसरोवर कैलाश तीर्थका लागि दुई हजार ३९८ पुरुष र एक हजार ६१४ महिला गएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार