शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

‘प्राधिकरणसम्बन्धी विधेयक अगाडि बढाउन ढिलाइ गर्नुहुन्न’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० असार, २०८२ मा प्रकाशित
‘प्राधिकरणसम्बन्धी विधेयक अगाडि बढाउन ढिलाइ गर्नुहुन्न’
काठमाडौं, असार २० :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा शुक्रबार भएको बैठकमा उनले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे ।

‘प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक छ,’ उनले भने, ‘आइकाओलगायत अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो ।’

उनले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेको उल्लेख गर्दै विधेयक विभाजनको विषयमा कुनै अन्योल नरहेको प्रस्ट्याए ।

मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञहरूसँग पटक-पटक छलफल र परामर्श गरिएको जानकारी दिए । उनले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रुपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउनेमा विश्वास व्यक्त गरे ।

उक्त विधेयकमाथि प्रतिनिधिसभाका ७५ जना सांसदले सक्रिय रुपमा भाग लिएर छलफल भइसकेको र अब संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुगिने विश्वास उनले व्यक्त गरे ।

यसैबीच समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भई मार्गप्रशस्त गर्न आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार