शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित #गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित
अर्थतन्त्र सेयर बजार

९ अंकले बढेको सेयर बजारमा साढे ९ अर्बको कारोबार

नेप्सेमा बिहीबार १२२ कम्पनीको सेयरको मूल्य बढ्दा १२५ वटाको घट्यो, जसमा १३ समूहको सेयर कारोबार भएकामा ८ वटाको सूचक बढ्दा ५ वटाका घटे ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
९ अंकले बढेको सेयर बजारमा साढे ९ अर्बको कारोबार
काठमाडौं, असार १९ :

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि नेप्से बढेको छ । नेप्से आज पुन ९.१४ अंकले बढेर २,७०३.९६ अंकमा पुगेको छ ।  यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.१९ अंकले बढेर ४६४.४६ अंकमा चढेको छ ।

नेप्सेमा आज ३११ वटा कम्पनीको ९६ हजार ४११ पटकको कारोबारमा दुई करोड ४९ लाख ७६ हजार ३३६ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ पुग्यो ।

बिहीबार १२२ वटा कम्पनीको सेयरको मूल्य बढ्दा १२५ वटाको घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा आठ वटाको सूचक बढेर पाँचवटाका सूचक घटे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेपाल फाइनान्स लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । सप्तकोसीका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए ।

यसैगरी सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने बुटवल पावर कम्पनी परेको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य ७९४ रुपैयाँ कायम रह्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार