काठमाण्डौं, भदौ २६ :
उत्तरी भियतनाममा आएको शक्तिशाली टाइफुन यागीले एक व्यस्त पुल भत्काएको छ । फोङ चाउ पुल माथि सवार सवारी साधनहरु नदीमा खसेको छ ।
सो पुल भत्किँदा पुलमाथि सवार दसवटा कार र दुईवटा स्कुटर नदीमा खसेको छ । १३ जना वेपत्ता भएको जनाईएको छ । गत शनिबारबाट सुरु भएको टाईफुनका कारण ६० जनाको मृत्यु भएको छ।
आँधीले भियतनामको उत्तरी भागमा विनाश मच्चाएको छ, बाढी र पहिरोले विद्युत अवरुद्ध भूएको छ । यागी अब भियतनामको पश्चिम तर्फ सर्ने र थप अवरोध सिर्जना गर्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।
२०३ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट २ सय ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । यो यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी हो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै