शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सर्वोच्चमा सिफारिस तीन न्यायाधीशको संसदीय सुनुवाइ सकियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
सर्वोच्चमा सिफारिस तीन न्यायाधीशको संसदीय सुनुवाइ सकियो
काठमाडौं, असार १६ :

सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ। तर, समितिले अहिलेसम्म स्वीकृति वा अस्वीकृति गर्ने निर्णय गरेको छैन। सांसदहरूका अनुसार, समितिमा सैद्धान्तिक छलफल जारी रहेकोले सोमबार निर्णय सम्भव भएन।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ भएको  थियो। आजको बैठकमा भने न्यायाधीशमा सिफारिस शान्तिसिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको सुनुवाइ भएको छ।

सामान्यतः सुनुवाइपछि अनुमोदन वा अस्वीकारको निर्णय लिइने गरिन्छ, तर यसपटक सुनुवाइ सकिएपछि मात्रै सैद्धान्तिक छलफल सुरु भएको सांसदहरूले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार