शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति भिडियो

श्यामकुमार घिमिरेको चेतावनी- संसद्‍मा गालीगलौजको प्रवृत्ति बन्द नभए प्रतिवादमा उत्रन बाध्य हुनेछौं

संसद्‌ सुरु हुनेबित्तिकै चोर, फटाहा, मानव बेचुवा जस्ता अमर्यादित शब्दको प्रयोगले संसदीय मर्यादामा गम्भीर आघात पुगेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
श्यामकुमार घिमिरेको चेतावनी- संसद्‍मा गालीगलौजको प्रवृत्ति बन्द नभए प्रतिवादमा उत्रन बाध्य हुनेछौं
काठमाडौं, असार १५ :

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा बढ्दो गालीगलौजको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । उनले संसद्मा गालीगलौज बन्द नभए कांग्रेसले पनि प्रतिवाद गर्ने चेतावनी दिए।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद घिमिरेले संसद्‌ सुरु हुनेबित्तिकै चोर, फटाहा, मानव बेचुवा जस्ता अमर्यादित शब्द प्रयोग गर्ने परम्परा विकसित हुँदै गएको उल्लेख गर्दै यस्ता शब्दले संसदीय मर्यादामा गम्भीर आघात पुगेको बताए। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही सांसदहरूलाई लक्षित गर्दै गालीगलौजको क्रम बढेको टिप्पणी गरे।

उनले भिजिट भिसा प्रकरण संसद् र सरकार दुवैले गम्भीरतापूर्वक लिएको तथा यसबारे समिति गठन भइसकेको स्मरण गराउँदै निरन्तर गालीगलौज हुनु अस्वीकार्य भएको जनाए।

‘दैनिक संसद्‌को कारबाही सुरु भएपछि उठ्ने र गालीगलौज गर्ने प्रक्रिया अन्त्य हुनुपर्छ,’ उनले भने, ‘नभए हामी पनि प्रतिवादमा उत्रन बाध्य हुनेछौं।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार