
सभामुख देवराज घिमिरेले सांसदहरुलाई जिम्मेवारीपूर्वक प्रस्तुत हुन निर्देशन दिएका छन् । संसदमा बढ्दो असभ्य व्यवहारप्रति आक्रोशित बनेका सभामुखले आइतबारको बैठकमा चेतावनी शैलीमा सांसदहरुलाई संयमित हुन आग्रह गरे ।
विशेषगरी सांसद रामहरि खतिवडा र डोलप्रसाद अर्यालबीच आरोप-प्रत्यारोप चलेपछि सभामुख घिमिरेले संसदमा बोलेका प्रत्येक शब्दका लागि सांसदहरु जवाफदेही हुनुपर्ने बताए ।
तलको भिडियोमा हेर्नुहोस् डोलप्रसाद र रामहरिबीचको जुहारी :
उनले भने, ‘माथिबाट होस् या तलबाट, समय लिएर बोलेका कुरा जिम्मेवारीपूर्वक हुनु आवश्यक छ । सांसदहरुले बोलेका कुराले राष्ट्रको गरिमा बढाउने खालको हुनुपर्छ ।’
सभामुखले संसदीय अभ्यासमा गैरसंसदीय भाषा प्रयोग, नाम किटेर लाञ्छना लगाउने, आरोप लगाउनेजस्ता विषय रेकर्डबाट हटाउने परम्परा रहेको प्रस्ट पारे । उनले सांसदहरुलाई सम्बोधन गर्दै यस्तो व्यवहार संसदीय मर्यादाविपरीत हुने उल्लेख गरे ।
‘सांसदहरुले आफूले बोलेका सबै कुरा सभामुखलाई देखाएर संसदबाट निर्णय गराउन खोज्न मिल्छ ?’ घिमिरेको प्रश्न थियो ।
प्रतिनिधिसभामा पछिल्ला दिनहरूमा सांसदबीचको विवाद, आरोप र अव्यवस्थित भाषाले संसदको गरिमामा आँच पुगेको भन्दै सभामुख घिमिरेले सांसदहरूको ध्यान त्यसतर्फ आकर्षित गराएका हुन् ।
रामहरिलाई डोलप्रसादको जवाफ- सुमिरे टुर एन्ड ट्राभल्स मेरै हो, नफर्केको एकजना देखाउन चुनौती