बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु
फाइल
भदौ २५ :

सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।

सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, “मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो । 

इजरायलले  पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ । 

अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजवुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमाण्डरको मृत्यु भएको थियो । त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दावी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।  सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।

सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, “मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो । 

इजरायलले  पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ । 

अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजवुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमाण्डरको मृत्यु भएको थियो । त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दावी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार