बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन
AFP
भदौ २५ :

लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानूनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् । 

निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् । 

सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना रहेको छ । 

यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ।

सिनेटका समितिहरूले आइतबार राति उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसा गर्नेे कुनै कानुनी आधार नभएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार