काठमाडौं, असार ११ :

नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने तय भएको बैठक ३ बजेका लागि सरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने जनाए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय भएको छ ।

-फाइल तस्बिर