काठमाडौं, असार १० :
मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।
नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै यता जापानले भने भुटानलाई पराजित गरेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’