बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम #यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम
राजनीति

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं, असार ६ :

प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची तय भएको थियो । त्यसपछि दुवै दलका सांसद बैठक छोडेर निस्किएका छन् । सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइएको छ ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ । दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।

प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक  हितराज पाण्डेले आफूहरुसँग सरसल्लाह नगरी कार्यसुचीबाट हटाइएको विषयमा असहमति जनाए । उनले सम्बन्धित मन्त्रीको अनुपस्थितीमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारण राखेपछि ती मन्त्रालयमाथिको छलफलको कार्यसूची हटाइएको हो ।

बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार