शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र सेयर बजार

२.८० अंकले बढेको सेयर बजारमा साढे १३ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ असार, २०८२ मा प्रकाशित
२.८० अंकले बढेको सेयर बजारमा साढे १३ अर्बको कारोबार
काठमाडौं, असार २ :

साताको पहिलो कारोबार दिन आइतबार ०.४७ अंकले बढेको नेप्से दोस्रो कारोबार दिन आज (सोमबार) पनि बढेको छ ।

नेप्से आज २.८० अंकले बढेर २,६५८.६६ अंकमा चढेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने  सेन्सिटिभ इन्डेक्स भने ०.२५ अंकले घटेर ४५३.१६ अंकमा झरेको छ । यसैगरी हिजो आइतबार पनि सेन्सिटिभ इन्डेक्स ०.६७ अंकले घटेको थियो ।

नेप्सेमा आज ३१८ कम्पनीको एक लाख पाँच हजार ६३५ पटकको कारोबारमा तीन करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ रुपैयाँ पुग्यो । हिजो आइतबार भने ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा आठ वटाको सूचक बढेर पाँच वटाका सूचक राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । पियोरको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमा माई हाइड्रोपावर लिमिटेड परेको छ । सानिमा माईको अन्तिम कारोबार मूल्य ६४३ रुपैयाँ कायम रह्यो । आइतबार पनि सानिमा माईले सबैभन्दा बढी रकम कारोबार गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार