नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा बिहान ५ बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । उनी अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए ।
समाजवादी चिन्तकका रूपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत थिए ।
उनका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो । माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल छन्। माहिली श्रीमती देवघाटमा बस्दै आएकी छन् ।
शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले उनीहरु आएपछि अन्त्यष्टि गरिने जनाइएको छ । स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पनि पारिवारिक स्रोतले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयद्वारा पछिल्लो एक साताको कार्यप्रगति विवरण सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई महासंघको आग्रह
निवर्तमान आईजीपी कार्कीद्वारा दायर रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी