
काठमाडौं, असार २ :
सुनसरीको बराह क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।
बराहक्षेत्रमा नगरपालिका २ स्थित कौशिकी सामुदायिक वननजिकैको मकैबारीमा हात्ती सोमबार बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार स्थानीय बासिन्दाले हात्ती मृत भेटिएको खबर गरेका थिए । मृत भाले हात्ती झन्डै ५ देखि ७ वर्ष उमेरको छ ।
हात्तीको मृत्युको कारण खुलेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोसी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको कार्कीले जनाए ।