शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ असार, २०८२ मा प्रकाशित
युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
काठमाडौं, असार १ :

उच्च अदालत पाटनले युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण  रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले उनलाई किन हिरासतमा राखिएको हो भन्ने स्पष्ट जवाफ प्रतिवादी निकायहरूबाट माग गरेको हो।

न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले आदेश जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धिकरण विभाग, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा र नख्खु कारागारलाई जवाफ दिन भनेको छ।

अन्सारीले शुक्रबार उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। १० जेठमा ६ वर्षको कैद र जरिवाना तिरेर छुटेका उनी त्यसै दिन सीआईबीद्वारा पुनः पक्राउ परेका थिए। प्रहरीले उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएको हो।

यसअघि सन् २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारी र अन्य पाँच जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक, सुबल खान र रानाभाट रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार