बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
विदेश

टेक्सासमा बाढीका कारण ११ जनाको मृत्यु, बेपत्ताहरुको खोजी जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ जेठ, २०८२ मा प्रकाशित
टेक्सासमा बाढीका कारण ११ जनाको मृत्यु, बेपत्ताहरुको खोजी जारी
वासिङ्टन, जेठ ३१ :

दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।  

केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।  

सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या ११ पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन ।  

सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताउनु भएको छ ।  सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भईरहेको बताएका छन् ।

वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार