बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

थाइल्याण्डमा प्रधानमन्त्रीको सपथ ग्रहण, मन्त्रिपरिषदमा ८ जना महिला

· शनिबार, २३ भदौ, २०८१ मा प्रकाशित
थाइल्याण्डमा प्रधानमन्त्रीको सपथ ग्रहण, मन्त्रिपरिषदमा ८ जना महिला
एजेन्सी, भदौ २३ :

थाइल्याण्डको नयाँ प्रधानमन्त्री पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग एउटा बन्द कोठामा आयोजित समारोहबीच शपथ लिनुभएको हो ।

   पोतोङुतार्नको सपथ ग्रहणसँगै पूर्व प्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ ।

पेतोङ्तार्नले सपथपछि सरकारी गाडीमा चढ्नुअघि र सरकारी भवनबाट निस्कनुअघि पत्रकारहरूलाई अभिवादन गरेको भिडियो थाई सञ्चारमाध्यमले देखाएका छन् ।

सपथग्रहणपछि थाई नरेशले आफ्नो नयाँ मन्त्रीमण्डललाई बधाई दिँदै टेलिभिजनमा प्रसारित सम्बोधनमा वजिरालोङ्कर्नले भन्नुभयो, “मलाई विश्वास छ कि तपाईंले आफ्नो कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुहुनेछ। ”

राज्यको संवैधानिक अदालतले अगस्टको मध्यमा आपराधिक अभियोग लागेका एक क्याबिनेट मन्त्री नियुक्त गरेको आरोपमा फेउ थाई पार्टीका सेरेथा थाभिसिनलाई बर्खास्त गरेपछि उहाँको स्थानमा पोतोङतार्नलाई नियुक्त गरिएको हो ।

सार्वजनिक प्रसारक थाई पिबीएसका अनुसार पेतोङतार्नको ३६ सदस्यीय मन्त्रिमण्डलमा आठ जना महिला छन् । यो जुन थाइल्याण्डका लागि एक रेकर्ड हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार