बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार विदेश भिडियो

एयर इन्डियाको विमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
एयर इन्डियाको विमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु
अहमदाबाद, जेठ २९ :

भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबै २४२ यात्रुको मृत्यु भएको छ।

विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली नागरिकसहित जम्मा २३० जना यात्रु थिए। बाँकी १२ जना चालक दलका सदस्य थिए। 

एयर इन्डियाको उडान नम्बर AI-171 को विमान दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डन जाँदै थियो।  त्यसको दुई मिनेटपछि, १:४० बजे, एयरपोर्टको दीवार नजिकै र एयर कस्टम कार्गो अफिसको छेउमा ठोक्किँदै दुर्घटनाग्रस्त भएको हो।

विमान जस भवनमा ठोक्किएको थियो, त्यहाँ अहमदाबाद सिविल अस्पतालका चिकित्सकहरू बसोबास गर्दै आएका थिए। दुर्घटनाको समयमा सो भवनमा ५० देखि ६० जना चिकित्सक उपस्थित थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएको जनाइएको छ।

दुर्घटनास्थलबाट फेला परेका अधिकांश शवहरू अत्यन्तै जलेका कारण उनीहरूको पहिचान गर्न गाह्रो भइरहेको बताइएको छ। मृतकहरूको पहिचान डीएनए परीक्षणपछि मात्र गर्न सकिनेछ। एयर इन्डियाले यात्रुका आफन्तलाई जानकारी दिनका लागि हटलाइन नम्बर जारी गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार