
काठमाडौं, जेठ २९ :
वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद् सदस्यमा सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई परिषद्को सदस्यमा सिफारिस गरेका हुन् ।
नेपालको संविधानअनुसार, न्याय परिषद्मा प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ।
न्याय परिषद्का वर्तमान सदस्य रामप्रसाद भण्डारीको चार वर्षे कार्यकाल १० असारमा समाप्त हुँदैछ। भण्डारीको अवकाशपछि रिक्त हुने सो पदमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गरेका हुन्।