एजेन्सी, भदौ २२ :
केन्याको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ भने कयौँ विद्यार्थी जलेर घाइते भएका छन ।
घाइतेमध्ये १६ जनाको अबस्था गम्भीर छ ।
प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगो दन्किएको थियो ।
आगो के कारणले लागेको हो भन्नेबारे थाहा भएको छैन । तर केन्या प्रहरीले अनुसन्धान सुरु गरेको छ।
घटनास्थलमा विद्यार्थीका आफन्त र अभिभावकहरुको भीड लागेको विवीसीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै