बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

चीनको ‘तियानवेन–२’को अन्तरिक्ष अभियान सुरु, क्षुद्रग्रहबाट नमूना ल्याउने लक्ष्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
चीनको ‘तियानवेन–२’को अन्तरिक्ष अभियान सुरु, क्षुद्रग्रहबाट नमूना ल्याउने लक्ष्य
बेइजिङ, जेठ २५ :

चीनले क्षुद्रग्रहको अध्ययन तथा नमूना सङ्कलन गर्ने उद्देश्यसहित अन्तरग्रहीय मिसन ‘तियानवेन–२’ अन्तरिक्षमा पठाएको छ। मे २९ मा प्रक्षेपण गरिएको यो यान हालसम्म ३० लाख किलोमिटरभन्दा टाढा पुगेको छ र पृथ्वीको कक्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, यो पहिलोपटक चीनले क्षुद्रग्रहबाट नमूना ल्याउने मिसन सञ्चालन गरेको हो। यानले २०१६एचओ३ नामक पृथ्वी नजिकको क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ३११पी नामक धूमकेतुको अध्ययन गर्ने लक्ष्य राखिएको छ।

यस करिब १० वर्ष लामो अभियानमार्फत क्षुद्रग्रहको उत्पत्ति, विकासक्रम र प्रारम्भिक सौरमण्डलबारे जानकारी प्राप्त गर्ने उद्देश्य लिइएको छ। ऊर्जा आपूर्तिका लागि यानमा विशेष प्रकारका लचिलो गोलाकार सौर्य पाटा प्रयोग गरिएको छ। प्रशासनले यानको एक तस्बिर सार्वजनिक गर्दै यसको सौर्य पाटा सफलतापूर्वक खुलिएको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार