काभ्रे, जेठ २५ :

सुनकोसी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाभारत गाउँपालिका ४ का वाइबा आज (आइतबार) बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।