बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

भारतबाट फर्किने नेपालीमा देखियो कोभिड सङ्क्रमण, किट अभाव हुँदा नाकामा भएन परीक्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
भारतबाट फर्किने नेपालीमा देखियो कोभिड सङ्क्रमण, किट अभाव हुँदा नाकामा भएन परीक्षण
फाइल तस्बिर।
कञ्चनपुर, जेठ २२ :

सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव हुँदा नाकामा परीक्षण हुन नसकेको जानकारी दिए । ‘बुधवार कैलालीको गौरीफन्टा नाकामा भारतबाट आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ,’ जोशीले भने, ‘थप परीक्षणका लागि किट अभाव छ, हामीले सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौं ।’

बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार कोभिड  पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती रहेका छन् । कोभिडको परीक्षणका लागि किट नहुँदा अन्य नाकामा परीक्षण हुन सकेको छैन ।

कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको उनले बताए । ‘कोभिड पुष्टि भएका तीनै जनाको ‘स्याम्पल’ टेकु पठाएका छौं, त्यहाँ पिसीआर परीक्षणपछि कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ,’ जोशीले भने, ‘छिमेकि मुलुक भारतमा सङ्क्रमण बढिरहेको छ, खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि सङ्क्रमणको जोखिम बढेको छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि किट अभाव रहेको जानकारी दिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार