बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
फाइल तस्बिर।
काठमाडौं, जेठ २१ :

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि  स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक  दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि  ३: १५ का लागि सारिएको थियो । 

दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् ।  मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो ।

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार