शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनसँगै चाँदीको मूल्य पनि बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
सुनसँगै चाँदीको मूल्य पनि बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, जेठ २० :

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) को तुलनामा आज (मंगलबार) सुनसँगै चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार मंगलबार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ५५ ले बढेको छ ।

मंगलबार एक तोला सुनको मूल्य एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला दुई हजार ४५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार