जेठ १८ :

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति  थियो ।

सकियो रातो मच्छिन्द्रनाथको जात्रा, राष्ट्रप्रमुखले गरे अवलोकन [तस्बिर/भिडियोसहित]

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको भिड लागेको थियो । भिडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा सकिएको छ । त्यस अवसरमा राष्ट्रपति पौडेल प्रधानमन्त्री ओलीलगायत अन्य विशिष्ट व्यक्तिले टीका-प्रसाद ग्रहण गरेका थिए ।
हेर्नुहोस् थप तस्बिर :