शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
राजनीति

कांग्रेसभित्र देउवाभन्दा सक्षम प्रधानमन्त्री बन्‍न सक्ने धेरै छन् : गगन थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
कांग्रेसभित्र देउवाभन्दा सक्षम प्रधानमन्त्री बन्‍न सक्ने धेरै छन् : गगन थापा
कांग्रेस महामन्त्री गगनकुमार थापा। फाइल फोटो ।
ललितपुर, जेठ १७ :

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवाभन्दा सक्षम व्यक्ति प्रधानमन्त्री चलाउन सक्ने बताएका छन्।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीभित्र दर्जनौँ व्यक्ति देउवाभन्दा राम्रो प्रधानमन्त्री बन्न सक्ने विश्वास व्यक्त गरे।

थापाले वर्तमान सभापति शेरबहादुर देउवा केही महिनापछि पुनः प्रधानमन्त्री हुने चर्चा भइरहे पनि कांग्रेसभित्रै दर्जनौँ व्यक्ति देउवाभन्दा सक्षम रूपमा प्रधानमन्त्री चलाउन सक्ने विश्वास व्यक्त गरे।  यसका लागि सभापतिले अवसर दिनुपर्ने उनको भनाइ थियो ।

उनले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने दाबी गरे। ‘नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले न हिजो, न भोलि, कसैले पनि यसलाई संवैधानिक बनाउन सक्दैन,’ उनले भने, ‘हाम्रो बहस संवैधानिक राजसंस्था वा राजतन्त्र होइन, नेपालमा राजा रहन्छ कि गणतन्त्र भन्ने हो।’ 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनले राजतन्त्र पुनःस्थापनाको खुला प्रतिस्पर्धामा आउन चुनौती पनि दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार