
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र फर्काउने भन्दै डर देखाउन खोजेको हो भने आफू डराएको बताएका छन्।
ललितपुरमा शनिबार आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ महाधिवेशनमा बोल्दै उनले भने, ‘अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ ।
राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो।’ अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज, लात्ताले हान्न सक्छ।’
निरंकुश राजतन्त्रमा विकास र सुशासन सम्भव नभएकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र जोगाउने सबैको जिम्मेवारी भएको उनको भनाइ थियो।
‘निरंकुश हुकुमी शासनमा यस्ता संघ–संगठन खोल्न सकिँदैनथ्यो,’ उनले भने, ‘अहिले तपाईँहरू पेसागत जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अघि बढ्नुभएको छ।’
गणतन्त्र दिवसको अवसरमा राजतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन गरेको उल्लेख गर्दै ओलीले भने, ‘उनीहरुलाई जनमत सङ्ग्रह भएको जस्तो लागेको रहेछ। पहिलो दिन पैसा दिएर मान्छे ल्याए, दोस्रो र तेस्रो दिन घट्दै गयो।’ दरबार हत्याकाण्डपछि आएको राजतन्त्रलाई उनले ‘नक्कली र झन् निरंकुश’ भन्दै आलोचना गरे।
यो पनि…
राजेन्द्र लिङ्देनको दाबी : दुई दिनको प्रदर्शनले नै सरकार डरायो
गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्छ : अध्यक्ष लिङ्देन
दरबारमार्गमा राजावादीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, केही पक्राउ