कास्की, जेठ १६ :
पोखराको मर्दीखोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई जना बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा २५ मर्दीखोलाको ड्याममा हिजो दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–६,अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियारको मृत्यु भएको हो ।
उनीहरुको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।