
काठमाडौँ, भदौ २० :
पारालिम्पिक्समा पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत सहित नगर परिक्रमा गराइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा विमानस्थलको भीआईपी कक्षबाट पलेशा सहित नेपाली टोलीलाई स्वागत गर्दै नगर परिक्रमा गराइएको हो ।
परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिएको छ ।
पेरिसमा भएको पारालिम्पिक्समा पलेशाले के ४४ विधा अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जित्नुभएको थियो ।
यो नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।