बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

अधिकारभन्दा बढी अघि बढेको भन्दै अदालतले ट्रम्पले लगाएको भन्सार शुल्क रोक्यो

· बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
अधिकारभन्दा बढी अघि बढेको भन्दै अदालतले ट्रम्पले लगाएको भन्सार शुल्क रोक्यो
काठमाडौं, जेठ १५ :

 राष्ट्रपति डोनाल्ड ट्रम्पको  भन्सार शुल्क योजनालाई अमेरिकाको  एक संघीय अदालतले  रोक्ने निर्णय गरेको छ । अदालतको यो निर्णयले ट्रम्पको आर्थिक नीतिको एक प्रमुख भागमा ठूलो धक्का लागेको छ ।

कोर्ट अफ इन्टरनेशनल ट्रेडले फैसला सुनाउँदै भनेको छ कि ह्वाइट हाउसले प्रयोग गरेको आपतकालीन कानुनले राष्ट्रपतिलाई एकल निर्णयमा विश्वका प्राय सबै देशहरूमा भन्सार शुल्क लगाउने अधिकार दिँदैन।

यो फैसलाले अमेरिका द्वारा चीन,मेक्सिको र क्यानडामा लगाइएको छुट्टै भन्सार शुल्कहरू पनि रोकिएको छ।

यो फैसलापछि केही मिनेटभित्रै ट्रम्प प्रशासनले पुनरावेदन दायर गरेको छ ।

राष्ट्रपति ट्रम्पले भन्सार शुल्क लगाएपछि  विदेशबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट मुद्दा दायर गरिएको थियो।

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार