शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

पेरिस पारालिम्पिकमा पदक विजेता पलेशालाई आज नगर परिक्रमा गराइदै

· बुधबार, २० भदौ, २०८१ मा प्रकाशित
पेरिस पारालिम्पिकमा पदक विजेता पलेशालाई आज नगर परिक्रमा गराइदै
काठमाडौँ, भदौ २० :

पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँने भएको छ ।

पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उहाँको सम्मानमा नगर परिक्रमा गराउन लागेको हो।

पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा शुरु हुने राखेपले जनाएको छ। 

नगर परिक्रमाको रुट एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिने जनाइएको छ ।

पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधा अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जित्नुभएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार