शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति अर्थतन्त्र

गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी

· बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी
काठमाडौं, जेठ १४ :

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज पेसी तोकिएको छ ।

पौडेलको नियुक्ति बदरको माग गर्दै हिजो अधिवक्ताहरू विशाल थापा,प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले  रिट दर्ता गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ ले तोकेको विज्ञता समेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिट दायर गरिएको हो ।  

यसअघि नियुक्ति रोक्न माग गर्दै उनीहरू पौडेल गभर्नर नियुक्त नहुँदै  रिट लिएर सर्वोच्च पुगेका थिए । प्रशासनले उक्त रिट दरपिठ गरिदिएकोमा इजलासले पनि उक्त दरपिठ सदर गरेको थियो ।

सरकारले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ संशोधन गरेको थियो ।  सो संशोधन खारेजको माग गर्दै तीन जना अधिवक्ताले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

सर्वोच्चले गत वैशाख २ गते गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर हद संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त रिटसँगै गभर्नर नियुक्ति विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुदैछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार