शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

‘ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
‘ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य छ’
काठमाडौं, जेठ १२ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गर्दै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न ‘विद्युत् विधेयक’ अत्यन्तै अपरिहार्य रहेको बताएका छन् ।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा विद्यमान चुनौतीलाई समाधान गर्न र जलविद्युत् विकासमा आवश्यक गति थप्न यो विधेयक निर्णायक हुने बताए । मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग सोमबार विद्युत् विधेयकका विषयमा छलफल गर्दै खड्काले आफूले उक्त विधेयकलाई प्राथमिकताको सूचीको शीर्ष स्थानमा राखेको बताए ।

‘हाम्रो संगठित र संयुक्त प्रयासबाट तयार भएको यस विधेयकले राष्ट्रिय ऊर्जा क्षेत्रलाई दीर्घकालीन स्थायित्व प्रदान गर्नुका साथै निजी तथा वैदेशिक लगानीलाई समेत आकर्षित गर्नेछ,’ मन्त्री खड्काले भने ।

विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा संरचना तय गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने खालको कानुनी आधार तयार गर्नेछ । साथै, यसले ऊर्जा सुरक्षाको प्रत्याभूति गर्दै स्थानीय र राष्ट्रिय दुवै तहमा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको मन्त्री खड्काले बताए ।

सरकारले राखेको २८ हजार ५०० मेगावाट उत्पादन लक्ष्य प्राप्त गर्न दीर्घकालीन योजना, आधुनिक पूर्वाधार तथा लगानीमैत्री नीतिहरू आवश्यक रहेको सन्दर्भमा यो विधेयक रणनीतिक महत्त्वको कदम मानिएको भन्दै मन्त्री खड्काले विद्युत् विधेयकलाई ‘समृद्ध नेपाल निर्माणतर्फको सशक्त पाइला’ का रूपमा व्याख्या गरे । उनले विधेयकले सम्पूर्ण नेपालीका लागि उज्ज्वल भविष्य सुनिश्चित हुने दाबी गरे ।

सरकारले यो विधेयकलाई चाँडै संसद्‌मा प्रस्तुत गर्दै पारित गराउने तयारी गरिरहेको छ। ऊर्जा विज्ञ र सरोकारवाला निकायहरूले समेत विधेयकको स्वागत गर्दै यसले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार