बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

रूसद्वारा युक्रेनको किभमा ठूलो हवाई आक्रमण

· शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
रूसद्वारा युक्रेनको किभमा ठूलो हवाई आक्रमण
काठमाण्डौं, जेठ १० :

रुसले युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा १४ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

यूक्रेनको हवाई सेनाका अनुसार  रूसले किभमा २५० वटा ड्रोन र १४ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।  जसले आवासीय भवनहरूमा आगलागी समेत भएको छ ।
यो आक्रमण युक्रेनमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणहरू मध्ये एक भएको समाचार छ ।

हवाई सेनाले ६ वटा मिसाइल र २ सय ४५ वटा ड्रोन खसालेको बताएको छ ।

शनिबार  युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले क्रेमलिनसँगको आदानप्रदान सम्झौता अन्तर्गत ३०७ जना युक्रेनी युद्धबन्दीहरू स्वदेश फर्किएको घोषणा गरेका छन्।

शुक्रबार युक्रेन र रुसले आ-आफ्ना ३९० जना सैनिक तथा नागरिकहरू साटासाट गरेका थिए जुन सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेपछि अहिलेसम्मको सबैभन्दा ठूलो युद्धबन्दी साटासाट थियो।

दुवै देशले १ हजार युद्धबन्दी साटासाट गर्न सहमति जनाएका छन्  र भोली अर्को साटासाट हुने अपेक्षा गरिएको छ।

 

 

 

 

 



 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार