
सिड्नी, जेठ १० :
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लगातारको वर्षापछि आएको बाढीले पूर्वी क्षेत्रका करिब १० हजारभन्दा बढी घरधुरी र सम्पत्तिमा क्षति पुर्याएको छ।
राज्य आपतकालीन सेवाका प्रमुख पल म्याकक्विले अवस्था अझै जोखिमपूर्ण रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। उनले पानी नघटे सम्म कसैलाई घर फर्कन अनुमति नदिइने बताएका छन्।
यसैबीच, मिड नर्थ कोस्ट क्षेत्रको एक बाढी प्रभावित क्षेत्रमा जलेको सवारीभित्र एक शव भेटिएको प्रहरीले जनाएको छ। योसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ।