काठमाडौँ, भदौ १९ :

एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

दिउँसो साढे १२ बजे शुरु हुने पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् ।

यस्तै दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

यो खेल दिउँसो ४: १५ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा नै हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।