शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

सञ्चारमन्त्री गुरुङले भने- गणतन्त्र गोली होइन, बोलीबाट आएको हो

‘राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ जेठ, २०८२ मा प्रकाशित
सञ्चारमन्त्री गुरुङले भने- गणतन्त्र गोली होइन, बोलीबाट आएको हो
फाइल तस्बिर।
काठमाडौं, जेठ ८ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालमा गणतन्त्र बुलेट (गोली) नभई ब्यालेट (मतपत्र) बाट आएको स्पष्ट पारेका छन्।

सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गणतन्त्र बोलिले आएको बताएका हुन्।

‘गणतन्त्र गोली होइन, बोलीबाट आएको हो। बुलेट होइन, ब्यालेटबाट आएको हो,’ मन्त्री गुरुङले भने, ‘माओवादीले बुलेटबाट ल्याउँछौँ भनेका थिए, त्यो दिन आएन भनेर जिस्क्याउने गर्छु।’

उनले अहिले सत्तापक्ष र प्रतिपक्ष दुवै गणतन्त्र पक्षधर रहेको बताउँदै गणतन्त्रको आलोचना गर्न पाइने तर राजतन्त्र र विखण्डनको पक्षमा लाग्नु संविधान विरोधी हुने बताए।

मन्त्री गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको समेत बताए।  सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो  राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधानविरोधी काम भएको उल्लेख गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार