शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

माओवादीको जागरण अभियान सुदूरमा सकियो, कर्णाली प्रवेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
माओवादीको जागरण अभियान सुदूरमा सकियो, कर्णाली प्रवेश
दैलेख, जेठ ४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुदूरपश्चिम सकिएसँगै आइतबारबाट कर्णाली प्रदेशमा प्रवेश गरेको छ ।

बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो । उक्त झन्डा सुदूरपश्चिमका इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णालीका इन्चार्ज कालीबहादुर खामको नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष दाहालसहितको टोलीलाई स्वागत गरेको छ । माओवादी टोली सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद दिँदै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार