बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार बागमती प्रदेश अर्थतन्त्र

मकवानपुर ट्राफिक प्रहरीद्वारा डेढ महिनामै ४४ लाख बढि राजस्व सङ्कलन 

· सोमबार, १८ भदौ, २०८१ मा प्रकाशित
मकवानपुर ट्राफिक प्रहरीद्वारा डेढ महिनामै ४४ लाख बढि राजस्व सङ्कलन 
काठमाडौँ, भदौ १८ :

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१- ८२ को पहिलो डेढ महिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पूर्व- पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो । 

चालु आर्थिक वर्षको २०८१- ८२ को पहिलो महिना साउनमा सवारी साधनमाथि गरिएको कारबाहीबाट ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म सवारी साधनलाई गरिएको कारबाहीबाट १३ लाख ८२ हजार गरी ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयले अघिल्लो आर्थिक वर्षको पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा १२ लाख १२ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो ।।

विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार