काठमाडौं, वैशाख ३१ :

देशभरका ३९ भन्दा बढी द्वन्द्वपीडित संघसंस्था तथा सञ्जालहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र पठाउँदै संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी छनोट प्रक्रिया प्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरूले हालको छनोट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको बताएका छन्। यदि प्रक्रिया सुधारिएन भने आफूहरू नागरिक आयोग गठन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

पत्रमा पीडितहरूको सहभागिता, संवाद र पारदर्शिताका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ। प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि सम्भव नभएकाले खुला पत्रमार्फत सरोकार राखिएको डा. राम भण्डारीले जानकारी दिए ।

पीडितहरूको भनाइमा, राजनीतिक भागबन्डाका आधारमा आयोगमा पदाधिकारी नियुक्त भएमा उनीहरूको न्यायको यात्रालाई अपमानजनक बनाइनेछ। ‘हामी स्वायत्त नागरिक हौं, बलिदानीबाट प्राप्त लोकतन्त्रमा हाम्रो न्यायको खोजी बेवास्ता गर्न मिल्दैन,’ पत्रमा भनिएको छ । सरकारले पीडितसँग संवाद नगरेको गुनासो गर्दै उनीहरूले परामर्शको अवसरसमेत नदिएको बताएका छन् ।

यसअघि पीडितहरूले प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई भेटेर पनि आफ्ना सरोकार राखिसकेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्सजस्ता अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले पनि यस प्रक्रियाप्रति प्रश्न उठाइसकेको पत्रमा उल्लेख छ ।

 

प्रधानमन्त्रीलाइ खुल्लापत्र पठाउने द्वन्द्व पीडित संघसंस्था, संजाल तथा द्वन्द पीडितहरु :

१.     द्वन्द्व पीडित साझा चौतारी, महासचिव, उदय शाह    

२.     द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, अध्यक्ष, गीता रसाइली  

३.     गम्भीर मानब अधिकार उल्लङ्घनका पीडितहरुको राष्ट्रिय संजाल, अध्यक्ष, राम कुमार भण्डारी

४.     अपांगता भएका द्वन्द्व पीडितहरूको राष्ट्रिय सञ्जाल, अध्यक्ष, सुरेन्द्र खत्री        

५.     द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, अध्यक्ष, गोपाल बहादुर शाह          

६.     देबी खड्का, सल्लाहकार, अपराजिता फाउन्डेसन

७.     गुरु लुइँटेल अध्ययन तथा बिकास केन्द्र, अध्यक्ष, फडिन्द्र लुइँटेल

८.     सृजना श्रेष्ठ, संस्थापक अध्यक्ष,  द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल

९.     शुसीला चौधरी, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, महासचिव

१०.  सुमन अधिकारी, द्वन्द्व पीडित साझा चौतारी, संस्थापक अध्यक्ष

११.  बेपत्ता परिवार समाज नेपाल, अध्यक्ष, रुपेश शाह      

१२.  राष्ट्रिय स्मृति सञ्जाल, अध्यक्ष, निरञ्जन कुमार चौधरी          

१३.  माओवादी पीडित राष्ट्रिय संघर्ष समिति, नेपाल, अध्यक्ष कल्याण बुढाथोकी          

१४.  द्वन्द्व प्रभावित सरोकार केन्द्र, दाङ, अध्यक्ष, चन्द्र बहादुर चौधरी  

१५.  न्यायका लागि द्वन्द्वपीडित समाज, अध्यक्ष रमिला जोशी

१६.  अपराजिता फाउन्डेसन, अध्यक्ष, सोनिया चौधरी

१७.   नेपाल माओवादी पीडित संघ, अध्यक्ष धर्मराज न्यौपाने          

१८.  द्वन्द्व व्यवस्थापन तथा विस्थापित सरोकार केन्द्र, महासचिव, मोहन परियार  

१९.  शहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान, अध्यक्ष, दयासागर घिमिरे

२०.  द्वन्द्वपीडित अपांग संघ, दोलखा, अध्यक्ष कृष्ण बहादुर घिसिङ

२१.  बाँदरमुढे घटनापीडित सरोकार समिति, उपाध्यक्ष, कृष्ण अधिकारी        

२२.  द्वन्द्वपीडित स्वरोजगार तथा सीपमूलक तालिम केन्द्र, मोरङ, अध्यक्ष, भीम बहादुर राउत  

२३.  बेपत्ता परिवार समाज नेपाल, सुनसरी,सचिव, इन्द्रकला राई शाह    

२४.  झापाली बेपत्ता स्मृति स्तम्भ पार्क, अध्यक्ष, डिल्लीप्रसाद रिजाल  

२५.  द्वन्द्वपीडित टुहुरा समाज, संस्थापक अध्यक्ष, केपी अधिकारी        

२६.  सामाजिक न्याय समिति नेपाल, अध्यक्ष, बिष्णुमणि भण्डारी

२७.  द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी   अध्यक्ष भिम बहादुर रिजाल  

२८.  द्वन्द्वपीडित कृषक हकहित संरक्षण समाज कैलाली, अध्यक्ष गणेश बहादुर मल्ल

२९.  द्वन्द्वपीडित महिला राष्ट्रिय संजाल, म्याग्दी, अध्यक्ष देवी कुमारी केसी      

३०.  द्वन्द्वपीडित तथा एकता विकास केन्द्र, अध्यक्ष सीता बोहरा, धनगढी  

३१.  बेपत्ता परिवार राष्ट्रिय संजाल, अध्यक्ष, रत्न घिमिरे        

३२.  द्वन्द्वपीडित शिक्षक समाज अध्यक्ष हिरा तिवारी        

३३.  द्वन्द्वपीडित राष्ट्रिय समाज सचिव, ज्ञानेन्द्र आरण      

३४.  द्वन्द पीडित समाज कोशी प्रदेश, अध्यक्ष, रुपेश शाह

३५.  साबित्रि  खड्का, सचिव, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल

३६.  द्धन्द्धपीडित महिला सञ्जाल नवलपुर, अध्यक्ष, पार्वती सिग्देल

३७.  बेपत्ता योद्दा समाज, महासचिब, नवराज ढुंगाना

३८.  द्वन्द्व पिडित अधिकार मञ्च म्याग्दी, अध्यक्ष

३९.  मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह, महासचिव, प्रदिप अधिकारी