बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा

· बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा
काठमाण्डौं, वैशाख ३१ :

लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सम्झौतामा नरहने भएका छन् ।

सन्दिपले  मंगलबार सामाजिक सञ्जालमा उक्त जानकारी दिदै भनेका छन," धेरै सोचविचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन,यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।"

क्यानले सन्दीप सहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । ए ग्रेडमा थ उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए।

यस निर्णयपछि आफू खेलिरहने पनि उनले बताएका छन्।  उनले लेखेका छन्, "म अझै पनि नेपालका लागि खेलिरहनेछु। सधैंझैं उही जोश,उही समर्पणका साथ। नेपालको जर्सी लगाउनु मेरो लागि सधैं गर्वको कुरा हो र यो जिम्मेवारी सधैं मेरो हृदयमा रहनेछ ।"

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार